site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्युत् प्राधिकरणका फोरम्यान २५ हजार घुससहित नियन्त्रणमा
प्रतीकात्मक तस्बिर।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको सुनसरीस्थित इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान बिर्जुकुमार महतोलाई घुस रकमसहित नियन्त्रणमा लिएका छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मंगलबार सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ बाट महतोलाई नियन्त्रणमा लिइएको अख्तियारले मंगलबार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

महतोका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

उनले उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको दाबी अख्तियारको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्