site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतविरुद्ध अर्धशतक बनाउन दुई रनले चुके सोमपाल

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालका सोमपाल कामी अर्धशतक प्रहारबाट दुई रनले चुकेका छन् ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालबाट सोमपालले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन बनाएर आउट भए ।

जारी खेलको ४७.२ ओभरको समाप्तिमा नेपालले आठ विकेट गुमाएर २२८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेको सन्दीप लामिछाने नौ रनमा खेलिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्