site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमसीसी कार्यान्वयनको अनुगमन गर्न एकीकृत समाजवादीले बनायो समिति
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी कार्यान्वयनको अनुगमन गर्न पाँच सदस्यीय समिति बनाएको छ । आज बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति बनाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

समितिमा उपमहासचिवहरू डा. गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, नेतृ गरिमा शाह र एक–एक जना विषयविज्ञ रहने छन् । विषय विज्ञको नाम चयन गर्न बाँकी छ । 

समितिले एमसीसीको कार्यान्वयनको अनुगमन गर्ने, व्याख्यात्मक घोषणबारे पनि छलफल गर्ने खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले संसद्ले पारित गरेको १२ बुँदे घोषणा स्वीकार नगरी एमसीसी कार्यान्वयनमा गएको भन्दै अनुगमन समिति बनाएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्