site stats
बाह्रखरी :: Baahrakhari
देश
जलस्रोत अनुसन्धान केन्द्रका लेखा अधिकृतले कमाए चार करोड ६७ लाख अकुत सम्पत्ति !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कार्कीले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको जनाउँदै अख्तियारले उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

कार्कीले सार्वजनिक पदमा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । 

अख्तियारका अनुसार कार्कीले २०५३ जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गतेसम्मको अवधिमा कुल पाँच करोड ७५ हजार ८७ हजार ३७० रुपैयाँ आर्जन गरेको पाइएको छ । सोही अवधिमा उनको वैधानिक आय भने एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ मात्र हुन आउँछ ।

वैधानिकरूपमा आर्जन गरेकोभन्दा उनीसँग चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ बढी सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्