site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति हवाई उद्धार कार्यक्रम सबै जिल्लामा लागु गर्न सांसद थिङको माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशिला थिङले सबै जिल्लामा राष्ट्रपति हवाई उद्धार कार्यक्रम लागु गर्न माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थिङले सबै जिल्लामा सो कार्यक्रम लागु गरी जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार गर्न माग गरेकी हुन् ।

Argakhachi Cement Island Ad

आफ्नो गृह जिल्ला सिन्धुलीको एउटा पालिकामा मात्रै सो कार्यक्रम लागु भएको बताउँदै अन्य पालिकामा नहुँदा पछिल्लो ६ महिनामा दुईजना सुत्केरीको ज्यान गएको उनको दाबी छ ।

“मेरो गृह जिल्ला सिन्धुलीमा महिलाहरू सुत्केरी हुने क्रममा बाटैमा ज्यान गुमाएको अवस्था छ, मेरो जिल्लामात्रै होइन सिंगो नेपालका ज्यान जोखिममा भएका सुत्केरी तथा गर्भवतीको नेपाल सरकारमार्फत् उद्धार गरियोस्”, सांसद थिङले भनिन् ।

सो कार्यक्रमअन्तर्गत सरकारले १८ घण्टाभन्दा बढी प्रसव व्यथा भइ बच्चा जन्मन कठिन भएको, शिशुको हात खुट्टा वा शरीर पहिला निस्किएर बच्चा निस्किन कठिन भएको गर्भवतीको हातखुट्टा वा शरीर अत्याधिक सुन्निएको लगायतका ज्यान जोखिममा पर्नसक्ने अवस्थाका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्दै आएको छ ।

यो कार्यक्रम सातै प्रदेशका गरी ४८ वटा दुर्गम हिमाली तथा पहाडी जिल्लामा सञ्चालनमा छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्