site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हेटौँडा–काठमाडौं सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
फाइल तस्बिर।

हेटौँडा । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् ।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे ।

Argakhachi Cement Island Ad

प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्