site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारबाट कसले हटाउँदो रहेछ हेर्छु, जनताले हेर्छन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूलाई केही लिनुदिनु नभएको बताएका छन् । सुर्खेतमा आयोजित सन्देश सभामा उनले बाँकी जीवन उपलब्धिको रक्षाका लागि लगाउने उद्देश्य रहेको सुनाए ।

“अब मलाई केही लिनु छैन, दिनु छैन । जे छ, राष्ट्रको लागि र जनताका लागि, क्रान्तिको लागि र उपलब्धिको रक्षाका लागि बाँकी जीवन सम्पूर्ण रुपले लगाउनबाहेक केही उद्देश्य छैन,” उनले भने, “यो सरकार कति समय चल्छ, चल्दैन, मेरो टेन्सन त्यतापट्टि छैन । कतिपय मान्छेले सरकार जोगाउन यसो गर्यो भन्छन्, वाहियात कुरा भन्छन् ।”

Argakhachi Cement Island Ad

उनले सरकारको सुरुआत गर्दा १५ दिनमै हट्न परे पनि ठिकै भनेर गरिएको सुनाउँदै आठ महिना पुगेको बताए । राम्रो जनताले देख्ने भन्दै कसले हटाउँदो रहेछ हेर्छु भन्नेमा रहेको पनि बताए ।

“मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठिकै छ, एक महिना भए पनि ठिकै छ भनेको थिएँ,” उनले भने, “राम्रो काम गर्छु । राम्रो काम गर्दा गर्दै कसले हटाउँदो रछ हेर्छु । नेपाली जनताले हेर्छन् ।”

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना पार्टीका नेतालाई छाडिएको भन्ने कुरा गलत भएको बताए । उनले छानबिन गर्दा आफंै देखिए पनि नछोड्नु भनेको सुनाए ।

“मैले सीआईबीलाई भनेँ– यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भए पनि र गर्दै जाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनेको छु,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्