site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाबुराम भट्टराईले दिए नेपाली क्रिकेट टिमलाई तीन सुझाव 
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई तीन सुझाव दिएका छन् । एसिया कप–२०२३ मा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले सुझाव दिएका हुन् ।

बिहीबार एक्स (ट्विटर)मार्फत उनले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको जनाएका छन् । दर्शक मात्र भएकाले सुझाव दिँदा अन्यथा नलिन समेत उनले आग्रह गरेका छन् ।

“पहिलो, कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने । अझै बढी सिक्न पाइन्छ । आत्मविश्वास बढ्छ । दोस्रो, फिल्डिङमा अझै चुस्तता बढाउने । बलिङ ठिकै छ,” भट्टराईको सुझाव छ, “तेस्रो, बाच्छो हुर्केर साँढे बन्छ, साँढे बुढो हुर्कंदै जान्छ भन्ने बुझेर धैर्य गर्ने ।”

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले नेपाली टिमलाई बाच्छा र पाकिस्तान र भारतलाई साँढेसँग तुलना गरेका छन् ।

“बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो । एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरीयतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुन्छ । अझै अर्को साँढे भारतसँग जुझ्न र सिक्न बाँकी छ,” उनले लेखेका छन् । 

एसिया कप–२०२३ अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तानले नेपालसामु ३४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले सबै विकेट गुमाएर मात्र १०५ रन जोडेको थियो ।

बाच्छाले साॅढेसंग जुध्नु नै ठूलो कुरा हो। एशिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरियतामा अगुवा टिम पाकिस्तानसंग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्याॅकन गर्नु उपयुक्त हुन्छ।

अझै अर्को साॅढे भारतसंग झुध्न र सिक्न बाॅकी छ।अतः
म… pic.twitter.com/WdEHihQpa5

— Baburam Bhattarai (@brb1954) August 31, 2023

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्