site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख 
पद तथा गोपनीयताको शपथ लिँदै प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापति ।

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्ने भएका छन् । सभामुखले बिहान ११ बजे नवनिर्वाचित समिति सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । 

सोमबार प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिलका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका थिए । समितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समितिको नेतृत्वसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् । 

Argakhachi Cement Island Ad

प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले लिए शपथ 

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् । 

पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएका छन् । 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्