site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्लाई साझा थलो बनाउन समिति सभापति बाँडियो : रमेश लेखक
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरुको भागबण्डा गरिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले संसद्लाई सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् भन्नका लागि समिति सभापतिको बाँडफाँट गरिएको बताए ।

यसबाट आफूहरुले ऐतिहासिक अभ्यास प्रारम्भ गरेको उनले बताए । यस प्रक्रियामा रास्वपालाई पनि समावेश गराउन चाहेको भए पनि सम्भव नभएको भन्दै उनले आगामी दिनमा रास्वपालाई पनि सहमतिमा लिएर जाने बताए ।

“हामीले त प्रमुख दलहरु सबै, सत्तापक्ष अथवा गठबन्धनमा भएका र प्रतिपक्षमा दिने हामीले प्रयत्न गरेका थियौँ । तथापि, रास्वपा समावेश हुन सकेको छैन,” उनले भने, “उहाँहरुलाई पनि संसदीय अभ्यासमा सहमतिमा लिँदै जाने कुरा गर्नुपर्ला ।”

उनले संसद्मा रहेका विधेयकहरुलाई चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्