site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुनमन्त्री भन्छन्– धनराज गुरुङ निष्ठाको राजनीतिबाट चुक्दैन
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कतै नचुकेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले आफू आगामी दिनमा पनि निष्ठाको राजनीतिबाट नचुक्ने दाबी गरे । 

सांसदहरूले विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेका थिए । जवाफमा मन्त्री गुरुङले आफू मन्त्री सधैँ नहुने कुरामा स्पष्ट रहेकाले पदमा बहाल रहँदा निष्ठाको राजनीति नछोड्ने बताए । 

"बिचौलिया हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो," गुरुङले भने ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्