site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले जातीय राज्य बाढ्छु भनेर हिंसा भड्काउँदै हुनुहुन्छ : पदम गिरी
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लेनै देशमा जातीय हिंसा भड्काउने काम गरिरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले जातीय राज्य बाढ्छु भन्दै आपसी भाइचारा भड्काइरहेको आरोप लगाए ।

“म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् र मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् म जातीय राज्य बनाउँछु भन्नुभएको छ । यो अस्वभाविक मात्र हैन हिंसा भड्काउने र देशमा त्रास फैलाउने स्वयम् प्रम मलजल गरिरहनुभएको छ । यसरी आपसी दाजुभाइको बीचमा विद्वेष र घृणा फैलाउने कामको आपत्ति मात्र होइन निन्दा पनि गछौँ,” उनले भने ।

प्रमुख सचेतक गिरीले सुन तस्करी प्रकरणमा सरकारले सत्तारुढ दलको नेताको नाम जोडिएपछि उन्मुक्ति दिइरहेको बताए ।

“भ्रष्टचारका नाइकेहरू उनीहरूलाई छानबिनको अनुशासनमा दायरामा ल्याइँदैन, त्यस्ता उन्मुक्ति दिने काम भएको छ । राजनीतिक तहका नेताहरू सुन तस्करीमा मुछिए पनि सोधपुछ भएन । जस्तोसुकै तस्करी गर्न छुट हुने, सत्ता पक्षलाई छोड्नुपर्ने सामान्य नागरिकलाई जेल पठाउनुपर्ने ? यही हो कानुनी राज्य ?,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्