site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समिति सभापतिमा निर्वाचित भएपछि आरजुले भनिन्– सबैसँग समन्वय गर्छु

काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएकी आरजु राणाले आफू समन्वय गरेर अगाडि बढ्ने बताएकी छन् । 

सोमबार निर्वाचित भएपछि राणाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने आश्वासन दिइन् । उनले संविधानअनुरूप र जनताको आशाअनुरूप सरकारलाई सुझाव दिने पनि बताए । कृषि क्षैत्र वृहत् रहेकाले आफूले सधैँ समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ । 

"सभापति भनेको कोर्डिनेटरको भूमिका हो । यहाँ साथीहरूले दिनुभएको सुझाव, यहाँहरूले देखाउनुभएको मार्गमा नै अगाडि कामकाज बढाउने योजना छ । त्यस हुनाले मलाई एकदमै खुसी लागेको छ । राम्रो सहकर्मी साथीहरूसँग मिलेर केही काम गर्न पाउँछु होला भन्न चाहन्छु," उनले भनिन् । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्