site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङको सहकारीबाट नगद र ल्यापटप चोरी, तीनजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–२, कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद र ल्यापटप चोरी भएको छ । 

सहकारीबाट नगद ५० हजार रूपैयाँ  र दुई थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१, नोचा बस्ने २१ वर्षीय पारस मण्डल, त्यही गाउँपालिका–७, कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय विशालकुमार सिंह रहेका छन् । 

सहकारीबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्