site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चार दिनदेखि सुनको मूल्य स्थिर
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सुन लगातार चार दिनदेखि एउटै मूल्यमा बिक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुन तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्