site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप आज पाकिस्तान जाँदै
फाइल तस्बिर

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाने भएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकका अनुसार सन्दीप आज बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको बाह्रखरीलाई जानकारी दिए । उनी बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जान लागेका हुन् ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।

एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्