site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप भोलि बिहान ११:२० मा पाकिस्तान उड्ने
फाइल तस्बिर।

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि (सोमबार) बिहान पाकिस्तान जाने निश्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले सन्दीप भोलि बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको बाह्रखरीलाई बताए । “भोलि बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट सन्दीप पाकिस्तानका लागि उड्नेछन्,” पाठकले भने ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।

एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्