site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुन समिति सभापतिमा कसको उमेदवारी ? (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समिति सभापतिका लागि आइतबार उमेदवारी दर्ता गरिएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा उमेदवारी दर्ता गराइएको हो ।

हालसम्म उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उमेदवारी परेको छ । पार्टीबाट पूर्वखानेपानीमन्त्री अब्दुल खानले उमेदवारी दर्ता गराएका छन् ।

abdul1693127577.jpg

 

यस्तै, स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएका छन् । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ ।

bhanubhakta1693127578.jpgDipak-Singh1693127761.jpg

दलहरूले भागबण्डा गरेर समिति सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् । कानुन, न्याय तथा मानवअधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)की बिमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उमेदवारी परेको छ ।

Bimala-Subedi-kanun samiti1693125648.jpgfdgm1693122243.jpg

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसबाटै आरजु राणा देउवा तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा जसपा नेपालबाट राजकिशोर यादवको उमेदवारी परेको छ ।

ramhari1693127579.jpg

santosh1693127579.jpg

rajkishwor1693127578.jpg

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्