site stats
बाह्रखरी :: Baahrakhari
देश
जनस्वास्थ्य निरीक्षक मण्डल सेवाबाट बर्खास्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैटौँ तहका एक जनस्वास्थ्य निरीक्षकलाई सेवाबाट बर्खास्त गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टी स्वास्थ्य चौकीमा कार्यरत चन्द्रेश्वर मण्डललाई सेवाबाट हटाइएको हो ।

उनलाई भविष्यमा समेत स्वास्थ्य सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

लोक सेवा आयोगको उजुरीमा मण्डल नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका हुन् ।

mohp1693122371.jpg

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्