site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखा समिति सभापतिमा ऋषिकेश, महिलामा साहको उमेदवारी दर्ता 

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको लेखा समिति र महिला तथा सामाजिक मामिला समितिको सभापति पदका लागि आइतबार उमेदवारी दर्ता गराइएको छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले पाएको समिति सभापतिका लागि उमेदवारी दर्ता गराइएको हो ।

लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरणकुमार साहले उमेदवारी दिएका छन् । पोखरेल मोरङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन् । साह रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्