site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धनबाट राप्रपाले पायो पूर्वाधार विकास समिति

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापति पद पाउने भएको छ ।

राप्रपालाई पूर्वाधार विकास समितिको नेतृत्व दिन सत्ता गठबन्धन तयार भएको सो पार्टीका सांसद बुद्धिमान तामाङले जानकारी दिए ।

तामाङका अनुसार समिति सदस्य दीपक सिंहलाई सभापतिको उमेदवार बनाउने तयारी छ । “समितिमा दुईजना हुनुहुन्छ, विना लामा र उहाँ,” उनले बाह्रखरीसित भने, “पार्टीको प्राथमिकतामा सिंह पर्नुहुन्छ ।”

विना संसदीय दलको सचेतक हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्