site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारविरुद्धको रिटमा आज पेसी
फाइल तस्बिर ।

काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गरिएसँगै बिहीबारका लागि पेसी तोकिएको हो ।

प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्चको आदेशविपरीतको कार्य भएको भन्दै कोसीमा एमाले संसदीय दलका नेता कार्कीले परमादेशको मागसहित रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्