site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्ता भएसँगै बिहीबारको पेसी तोकिएको छ ।

कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।

बिहीबार अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि संकटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्