site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं महानगरपालिकाले खारेज गर्‍यो दुई सहकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले दुई सहकारी खारेज गरेको छ । विभागले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र सुकस बचत तथा ऋण सहकारी संस्था खारेज गरेको हो ।

विभागका सहनिर्देशक बिमला कोइरालाका अनुसार यी सहकारीका सञ्चालकले सहकारी सञ्चालन गर्न नसक्ने भन्दै खारेजीको निवेदन दिएका थिए ।

यी सहकारीले बचतकर्ता र ऋणीको हिसाब मिलन गरेकाले नियमअनुसार खारेजी गरिएको कोइराला बताउँछिन् ।

बिगत १५ वर्षदेखि सञ्चालनमा रहेका यी सहकारी पछिल्लो समयको समस्याले गर्दा सञ्चालन गर्न नसक्ने स्थितिमा पुगेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्