site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वदलीय बैठक बस्दै 
फाइल तस्बिर

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ ।   

सोमबारको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेका नेताहरू आज पुनः बैठक बस्न लागेका हुन् । 

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका थिए । 

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको छ ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्