site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक आज बस्दै 

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको हो । 

बैठक बिहान ७ः३० बजे बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडा जानकारी दिए ।

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्