site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमले भदौ २० देखि दमाममा नियमित उडान गर्ने, टिकट बुकिङ खुला

काठमाडौं । नेपाल वायुसेवा निगमले यही भदौ २० गतेदेखि काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान गर्ने भएको छ । त्यसका लागि शनिबारदेखि टिकट बुकिङ खुला गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

तत्कालका लागि काठमाडौं–दमाम–काठमाडौं हप्ताको दुई दिन बुधबार र शनिबार उडान गरिनेछ । उडान संख्या बढाउँदै लैजाने योजना रहेको उनले बताए ।

“यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग अन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रूपमा यात्रा गर्न सक्नुहुनेछ । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ,” प्रवक्ता पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

adsmg1692444785.jpg

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्