site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सभामुखको राजीनामा र नयाँ सरकार गठनबारे सदनलाई जानकारी

विराटनगर । कोसी प्रदेशसभाको बैठकमा उपसभामुख सिर्जना दनुवारले सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे सदनलाई जानकारी गराएकी छन् ।

शुक्रबार अपराह्न सुरु भएको बैठकमा दनुवारले सभामुख गौतमले दिएको राजीनामा तथा नयाँ सरकार गठन र कार्यविभाजन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् । 

उनले अहिले कोसी प्रदेश विशिष्ट परिस्थितिमा रहेको भन्दै सबै राजनीतिक दल यसबारे जानकार भएको बताइन् । उनले यो परिस्थितिलाई सबैले सहमति र सुझबुझपूर्ण ढंगले अघि बढाउन पर्ने बताइन् । प्रदेशसभा सधैं नेतृत्वविहीन रहन नसक्ने उनको भनाइ छ । 
 
गौतम २०७९ पुस २८ गते नियुक्त भएका थिए । गौतमले साउन १६ गते उपसभामुखसमक्ष राजीनामा दिएका थिए ।  उपसभामुखले प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीको नियुक्ति सम्बन्धमा प्रदेशसभा सचिवालयमा प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्