site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो 

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट १७ सम्म १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

डेंगीबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् । 

पछिल्लो साता वाग्मती उपत्यकाका तीन जिल्लासहित धादिङमा संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांकले देखाएको छ । धादिङमा डेंगी संक्रमितको संख्या एक हजार ७५६ पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्