site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, कसको कति ?

काठमाडौं । सरकारले भोलिदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । 

जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रहेको र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ । 

अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६६८ रुपैयाँ पारिश्रमिक पाउने छन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् ।

चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ  पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् । 

चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

२०८०-८१ देखि लागु हुने न्यूनतम पारिश्रमिक (संख्या २४)_page-00011692285800.jpg

२०८०-८१ देखि लागु हुने न्यूनतम पारिश्रमिक (संख्या २४)_page-00021692285800.jpg

२०८०-८१ देखि लागु हुने न्यूनतम पारिश्रमिक (संख्या २४)_page-00031692285803.jpg

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्