site stats
बाह्रखरी :: Baahrakhari
देश
व्यावसायिक स्वार्थलाई ध्यानमा राख्न प्रहरी निरीक्षकहरूलाई आईजीपी कुवँरको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठनको सुधारका लागि प्रहरी कर्मचारीले व्यावसायिक स्वार्थलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकहरूलाई बिदाइ गर्दै आईजीपी कुवँरले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भएर उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन पनि दिए ।

त्यस्तै, कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै उनले नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्