site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

काभ्रे । काभ्रेमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्युठानको धर्मवती गाउँपालिका–७ बस्ने २७ वर्षीय सुरज गिरी रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नम्बरको मिनिट्रकले बुधबार दिउँसो विपरित दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने मिनिट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्