site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लामा भीरबाट लडेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सिमकोट । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । भीरबाट लडेर ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पानलोटी भीरबाट लडेर उनको मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीचभागमा पर्ने पानलोटी खर्क गएका थिए । घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मंगलबार मृत भेटिएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्