site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा माओवादी केन्द्रको मन्त्रीसहित पदाधिकारी बैठक
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

बैठकमा पार्टीबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरु पनि सहभागी छन् । जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

“जनमतलाई सरकारमा सहभागी गराउनेबारे छलफल हो,” उनी भन्छन्, “बैठकमा मन्त्रीहरु पनि सहभागी हुनुहुन्छ ।”

बैठकमा माओवादीमा एकजना मन्त्रीलाई मात्रै फिर्ता बोलाउने कि अरु केहीलाई पनि फिर्ता गर्ने भन्ने बहस चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार चितवनबाट फर्केलगत्तै बालुवाटारमा बैठक बसेको हो ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्