site stats
बाह्रखरी :: Baahrakhari
देश
रोहनसहित सुन काण्डमा एकैदिन तीनजना पक्राउ, संख्या २१ पुग्यो

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । त्रिभुवन विमानस्थल प्रहरीले व्यपारी राकेशकुमार अडुकियाका छोरा रोहनलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २१ पुगेको हो ।

विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) पदम विष्टका अनुसार रोहन दिल्ली हुँदै काठमाडौं आएपछि पक्राउमा परेका हुन् । रोहन अध्यागमन विभागको कालो सूचीमा परेका थिए ।

Argakhachi Cement Island Ad

छोरा पक्राउ परेपछि व्यापारी राकेश अडुकियामाथिसमेत अनुसन्धान सोझिएको छ ।

शुक्रबार बिहानमात्रै विमानस्थलबाटनै दुईजना चिनियाँ नागरिक लिजिया लिङ र लिउ फुयाङ पक्राउ गरेको थियो ।

३ साउनमा सिनामंगलबाट बरामद भएको एक क्विनटल सुन प्रकरणको अनुसन्धान हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ ।

पक्राउ परेकामध्ये विमानस्थल भन्सारकी कर्मचारी रुक्मिना सुब्बा स्वास्थ्यमा गम्भीर असर देखिएपछि उपचारका लागि हाजिरी जमानीमा छुटेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्