site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन दलले निर्णय गर्दा अरू दल लुरुलुरु पछि लाग्नुपर्ने अवस्था छ : राजेन्द्र लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमत र संविधानविपरीत तीन दलले संसद् बन्धक बनाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले तीन दलले निर्णय गर्दा अन्य दल लुरुलुरु पछि लाग्नुपरेको अवस्था रहेको गुनासो गरे । 

“सबै राजनीतिक दल मिलेर जानुपर्ने सन्देश र जनमत र कसैलाई निषेध गर्न नदिने जनमत प्राप्त भयो । निर्वाचन प्रणाली नै त्यस्तो बनाउनुभयो, जहाँ कसैलाई निषेध गर्न मिल्दैन । तर, यहाँ अहिले संसद्को संरचना पनि त्यो बन्यो । केही दल मिलेर संसद्लाई बन्धक बनाउन मिल्छ ? तीनवटा दलको बन्धक मिल्छ ?,” उनले भने, “तीन दलले निर्णय गर्दा लुरुलुरु पछि लाग्नुपर्ने ?”

उनले संसदीय समितिमा भएको भागबन्डामा पनि आपत्ति जनाए ।

अहिले जनताको समस्य उपेक्षामा परेको उनको भनाइ छ । तर, सरकारे पनि संसद् नचलोस् भन्ने चाहेको आरोप उनले लगाए । साथै उनले प्रतिपक्षीलाई अभियोग लगाएर बाँसुरी बजाएर बस्नुपर्ने अवस्थामा रहेको बताए । 

“उच्चस्तरीय समिति बनाइदिँदा सरकारलाई क्षति के हुन्थ्यो ? के नोक्सान हुन्थ्यो बुझौँ न त,” उनले भने । उनले सरकारले गरेको अनुसन्धान पूर्ण नभएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्