site stats
बाह्रखरी :: Baahrakhari
देश
कमला नदीको जलसतह सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । उदयपुरस्थित कमला नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

मंगलबार बिहान ११ बजे बेलसोतस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नदीमा पानीको बहाव बढ्दो छ । जलसतह खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

सिन्धुली, उदयपुर, धनुषा र सिरहाका तटीयसहित होचा स्थानहरूमा आज साँझसम्म उच्च सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्