site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध 

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । उक्त सडकखण्डको कालिखोलालगायत अन्य स्थानमा पहिरो जाँदा अवरुद्ध भएको सडक खुलेको केही समयमै पुनः अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

पहिरो पन्साएर अवरुद्ध भएको सडकमा यातायात संचालनमा ल्याउने प्रयास भैरहेको डिभिजन कार्यालय भरतपुरले बताएको छ ।  

थप पहिरो नआए यातायात संचालनमा आउन करिब एक घण्टा लाग्ने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्