site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकको ब्याजदर अब हाम्रो पात्रोमै, तुलना गरेर हेर्न सकिने

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैंक रेट नामक नयाँ फिचर थपिएको हो ।

यो नयाँ फिचरबाट प्रयोगकर्ताले कुनै पनि बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर, कुन बैंकमा खाता खोल्दा धेरै ब्याज आउँछ अथवा कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने जस्ता जानकारी सहजै फेला पार्न सक्ने छन् ।

Argakhachi Cement Island Ad

निश्चित बैंकमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैंकको नाम र खाताको प्रकार छनोट गर्नुपर्ने हाम्रो पात्रोले जनाएको छ ।

यस्तै, एक बैंकको ब्याजदरलाई अर्को बैंकको ब्याजदरसँग तुलना गर्नका लागि माथि दायाँ कुनामा रहेको तुलनाको आइकन (विपरीत दिशामा फर्किएका दुई धर्सा) मा क्लिक गरी ‘कम्पेर विथ’ मा तुलना गर्न चाहेका कुनै दुई खाता रोज्नुपर्ने छ ।

सब डोमेनको रूपमा राखिएको बैंक रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैंकहरूले दिने लोन (ऋण) को ब्याजदर समेत थाहा पाउन र तुलना गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका लागि तलपट्टि बीच भागमा रहेको ‘लोन’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरा समेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि नयाँ फिचरमा उपलब्ध छ ।

बैंक रेट नामक फिचर सार्वजनिक गरेको हाम्रो पात्रोले सम्बन्धित बैंकहरूसँगको समन्वयमा यो सुविधालाई परिष्कृत गर्दै लैजाने बताएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्