site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरी र मोरङमा अति भारी वर्षा
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सुनसरी र मोरङमा सोमबार दिउँसो अति भारी वर्षा मापन गरिएको छ ।

सुनसरीको तरहरा र मोरङको हरैँचालगायत आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती स्थान भई बहने बूढीखोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्