site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित यी नदी र भू–भागमा आज बाढीको उच्च जोखिम
फाइल तस्बिर

काठमाडौं । केही प्रदेशमा आज भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढीको पनि उच्च जोखिम रहेको छ । 

आज वाग्मती, पूर्वी राप्ती, कमलाका केही ससाना सहयक नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Argakhachi Cement Island Ad

मधेस प्रदेशका स–साना नदीमा पनि जलसतह उल्लेख्य बढ्नेछ । महाकाली नदीमा जलसतह सामान्य घटबढ भए पनि सतर्कता तह आसपास हुने महाशाखाले जनाएको छ । 

यी हुन् आज भारी र धेरै भारी वर्षा हुने प्रदेश, यातायात सेवा प्रभावित हुनसक्ने

यस्तै, आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । यद्यपि, बढ्दो क्रममा रहने महाशाखाको भनाइ छ । 

11691378650.jpg

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्