site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठनको निर्णय गरेको हो ।

हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका डा. श्रीकृष्ण गिरीको कार्यकाल भदौ २६ गते सकिँदै छ ।

“चिकित्सा शिक्षा आयोगजस्तो महत्त्वपूर्ण निकाय एक दिन पनि नेतृत्वविहीन नहोस् भन्ने मेरो चाहना छ, त्यसैले पनि मन्त्रीज्यूहरूलाई भेटेर मैले आफ्नो कार्यकालबारे जानकारी गराएको छु,” डा. गिरीले भने ।

डा. गिरीसहित आयोगको टोलीले साउन १४ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उपाध्यक्षको कार्यकाल र सीटीईभीटीसँगको पछिल्लो द्वन्द्वबारे जनकारी गराएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्