site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक परिषद्को बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । मंगलबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । 

प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो ।  

साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिकाको नेतृत्व फेरि कामु हुने निश्चित भएको छ ।

यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्