site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र लिङ्देनलाई कमल थापाले भने– सडकमा सँगै आन्दोलन गरौँ, नेतृत्वमा समस्या हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलाग्न आग्रह गरेका छन् । 

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष थापाले राप्रपालाई सत्तामा नलागेर आन्दोलनका लागि सडकमा आउन आग्रह गरेका हुन् ।

उनले अहिले आन्दोलनको आवश्यकता रहेको बताउँदै पद र प्रतिष्ठा गौण विषय हुने बताए ।

"संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस्, हामी सँगै आन्दोलनमा जान तयार छौँ, नेतृत्व समस्याको विषय हुँदैन," उनले भने । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्