site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्माण व्यवसायीको अर्बौँ रकम सरकारले तत्काल उपलब्ध गराउनुपर्छ : महेश बर्तौला
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारले निर्माण व्यवसायीको बक्यौता रहेको अर्बौँ रकम तत्काल उपलब्ध गराउनुपर्ने बताएका छन् । उनले आन्दोलनरत व्यवसायीको माग न्यायोचित भएको बताएका छन् ।

“निर्माण व्यवसायीले राज्यबाट पाउनुपर्ने अर्बौँ रकम समयमै नपाएकै कारण उनहरुले भुक्तानी गर्नुपर्ने पक्षलाई भुक्तानी गर्न नसक्दा मोबाइल बन्द गरेर, घर छोडेर भाग्नुपर्ने, बेखबर हुनुपर्ने बाध्यात्मक अवस्थामा कतिपय व्यवसायीहरु पुगेको देखिन्छ,” उनले भने, “अपराध सरकारले गर्ने, अनि सजाय निर्माण व्यवसायीहरुले पाउने जस्तो भएको छ । यो उचित होइन । यस्तो हुनु हुँदैन । त्यसैले निर्माण व्यवसायीहरुको अर्बौँ रकम सरकारले तत्काल निकासा गर्नुपर्दछ ।”

अहिले नेपालको सार्वजनिक निर्माण कार्य अस्तव्यस्त अवस्थामा रहेको भन्दै उनले लाखौँको संख्यामा रोजगारी प्रभावित भएको बताए । जसकारण राजस्व परिचालन र अर्थतन्त्रमा गम्भीर धक्का पुगिरहेको उनले बताए । 

“सरकार कुम्भकर्ण निद्रामा मस्त छ । यो देशको लागि ठूलो क्षति हो,” उनले भने, “त्यसैले निर्माण व्यवसायीहरुको न्यायपूर्ण मागहरु अविलम्ब पूरा गरी उनीहरुलाई निर्माण कार्यमा फर्काउन सरकारसँग जोडदार माग गर्दछु ।”

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्