site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा कुटपिटबाट मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कुटपिटबाट ललितपुरमा एक व्यक्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–९, बालकुमारीमा बस्दै आएका सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भनिने हिम परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ललितपुर–९ मै बस्दै आएका ४३ वर्षीय शंखर तामाङले सोमबार (हिजो) कुटपिट गर्दा परियार गम्भीर घाइते भएका थिए । सामान्य विवादका क्रममा तामाङले उनीमाथि कुटपिट गरेका थिए ।

घटनापछि उपचारका लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्