site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिक उन्मुक्ति बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज बालुवाटारमा मन्त्रालयको संख्यामा सहमति जुटेपछि नागरिक उन्मुक्ति सरकारमा जान तयार भएको हो । 

पार्टीका संरक्षक रेशमलाल चौधरीले बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने जानकारी दिएका छन् । 

यसअघि, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने बताएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्