site stats
बाह्रखरी :: Baahrakhari
देश
डा. केसीले दिए सरकारलाई सातदिने ‘अल्टिमेटम’
फाइल तस्बिर ।

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सीटीईभीटीका पदाधिकारी तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत उनले सीटीईभीटीअन्तर्गतका कलेजमा ‘अवैध’ सिट निर्धारण र विद्यार्थी अवैध भर्ना गर्ने पदाधिकारीलाई ‘माफिया’को संज्ञा दिए । उनीहरूलाई तत्काल बर्खास्त गर्न माग गरे ।

सीटीईभीटीले चिकित्सा शिक्षा कार्यक्रममा शुल्क बढाउने निर्णय फिर्ता र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि उनले सरकारलाई सातदिने ‘अल्टिमेटम’ समेत दिएका छन् । 

“आयोगका उपाध्यक्ष नियुक्त गर्न एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनुअघि नै छनोटको प्रक्रिया टुंग्याउन सरकारलाई सातदिने अल्टिमेटम दिन चाहन्छु” उनले भने ।

यीलगायत चिकित्सा शिक्षाबारे आफूसँग नगरिएका सम्झौता कार्यान्वन नभए यही साउन २९ गतेदेखि सत्याग्रह थाल्ने डा. केसीले चेतावनी दिए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्