site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो
फाइल तस्बिर ।

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजाबी सुन तोलाको एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्