site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा नयाँ सरकार गठनका लागि आह्वान 

विराटनगर  । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् ।

साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको हो ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

सर्वोच्चले साउन १७ गतेभित्र बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न भनेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्